काठमाडौं, १८ चैत

सरकारले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै नेपाल भ्रमण वर्ष २०२० खारेज गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भम्रण वर्ष २०२० खारेज गरिएको जानकारी दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अब भ्रमण वर्ष संबंधित केही कार्यक्रम नहुने बताइएको छ ।

गत फागुन १८ गते उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वको कोरोना भाइरस रोगथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले भम्रण वर्ष २०२० लाई तत्काल स्थगन गर्ने निर्णय गरिसकेको थियो । सरकारको उक्त निर्णय सँगै बैशाख १ गतेदेखि सुरज वैद्य नेतृत्वको सचिवालय पनि बिघटन हुने भएको छ ।

भम्रण वर्ष सचिवालयले सबै कागजात भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डलाई बुझाउने बताएको छ । सरकारले यस वर्ष भम्रण वर्षका लागि ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो, जसमध्ये वैद्यले हालसम्म करिब २० करोड रुपैयाँ खर्च भैसकेको समेत जनाएका छन्।