दमक नगरपालिका वडा नम्बर ६ मा अवस्थित ग्लोबल एजुकेसनल एकेडेमीका अध्यक्ष श्री खेम प्रसाद भण्डारी र प्रिन्सिपल श्री गुण राज अधिकारीले हिजो बुधाबार दमक नगर प्रमुख श्री रोमनाथ ओली लाइ नगद रु ५० हजार को चेक हस्तान्तरण गर्नुभयो| उक्त रकम दमक नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा हुनेछ | उक्त कार्यक्रममा उपमेयर गीता अधिकारी,वडा अध्यक्षहरु नबिन बराल,भिम पौडेल,टेक बहादुर थापा, रामजी धिमाल तथा वार्ड सदस्यहरुको उपस्थिति रहेको थियो |
मिति २०७६-१२-१८ गते बसेको ग्लोबल एजुकेसनल एकेडेमीको संचालक समितिको बैठकले जम्मा रु ११५०००(एक लाख पन्ध्र हजार ) को राहत बितरण गर्ने ग्लोबलका पूर्व अध्यक्ष तथा सचालक श्री दिल बहादुर बस्नेतले जानकारी दिनुभयो| उक्त रकम मध्य रु ५० हजार दमक नगरपालिका मार्फत सरकारलाई हस्तान्तरण गरिने ,रु ३० हजार बराबरको खाद्यान्न सामग्री बेलडाँगी सरणार्थी शिविरमा रहेका ग्लोबलका विद्यार्थीका परिवारलाई वितरण गरिने र रु ३५ हजार बराबरको खाद्यान्न सामग्री कक्षा ११ र १२ का विद्यार्थीको अध्यनका लागि अभिभावकसग टाढा भै डेरामा बसेका र घर फर्कन असमर्थ भएका विद्यार्थीलाइ वितरण गर्ने व्यवस्था गरेको सो संस्थाका अध्यक्ष् श्री खेम प्रसाद भण्डारीले बताउनुभयो|
ग्लोबल एकेडेमी सधै सामाजिक कार्य गर्दै समाजसंग अन्तरक्रिया गर्न उत्साहित रहेको र विश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस को कारणले सम्पूर्ण मानव जगत नै लकडाउन मा परेकाले सरकार र समाजलाई सहयोग पुर्याउन नैतिक दायित्व रहेकाले सामाजिक उतरदायित्व बहन गरेको प्रिन्सिपल श्री गुण राज अधिकारीले बताउनुभयो |
राहत अभियानलाई सफल बनाउन संचालक समिति,उपसमिति र लेखासमितिले एक बैठकको भत्ता र टिचर युनिटले एक दिनको तलब उपलब्ध गराएका छन्| ग्लोबलले social outreach कार्यक्रम अन्तर्गत सामाजिक क्रियाकलापहरु दमक तथा आसपासका क्षेत्रमा संचालन गर्दै आइरहेको छ| सम्पूर्ण अभिभाबक तथा विद्यार्थीलाई सुरक्षित सग घरमा रहन,घरबाहिर निस्कन परे सामाजिक दुरी कायम राख्न र कक्षा १०,११,र १२ का विद्यार्थीलाई परीक्षाको तयारी गर्न समेत ग्लोबल प्रसाशनले आग्रह गरेको छ| कक्षा नर्सरी देखि १० कक्षा सम्मको विद्यार्थीले MIDAS को अनलाइन एजुकेसनको लाभ लिन समेत आग्रह गरेको छ|










