सुनसरी । सुनसरीको दुहवीमा दुई समुह बीच झडप भएको छ । पुरानो रिसिईबी साध्न दुहवीमा दुई पक्ष झडप भएको इलाका प्रहरी कार्यलय दुहवीले जनाएको छ । दुहवी वडानम्बर ९ छातावलीमा दुई पक्ष बीच झडप भएको प्रहरीले जनाएको छ ।

पुरानो विषयलाई लिएर झडप भएको र झगडा गर्ने एक युवालाई पक्राउ समेत गरिसकेको इलाका प्रहरी कार्यलय दुहवीका इन्पेक्टर प्रबिण कार्कीले जनाए । झडपमा केहि युवा सहित एक प्रहरी जवान अनिल यादव समेत घाईते भएर स्थानीय किल्नीकहरुमा उपचार भईरहेको इलाका प्रहरी कार्यलय दुहवीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक स्थानीय युवाले राहत वितरणमा भष्ट्चार गरेको भन्दै फेसबुकमा लेखेको र त्यही विषयलाई लिएर छलफल बस्ने क्रममा दुई पक्ष बीचमा हानाहान भएको हो । करीब आधा दर्जन स्थानीयहरु घाईते भएको इलाका प्रहरी कार्यलय दुहवीले जनाएको छ ।

राहत बाढ्ने तयारी र नामवली मात्र संकलन हुदै गरेको अवस्थामा राजनितिक पुर्वग्राही साध्न विभिन्न आरोप लगाएको र छलफलको क्रममा दुई पक्ष झडप भएको दुहवी ९ का वडाअध्यक्ष मेहदी हुसैनले बताए । उनले भने राहतको विषयमा छलफल हुदा हुदै झगडा भएको हो ।