धनगढीका कोरोना भाइरस संक्रमित युवकसँग सम्पर्कमा आएका दुई जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ, अर्थात् उनिहरुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
दुईमध्ये एकले ती युवकलाई मोटरसाइकलमा सेती प्रादेशिक अस्पताल पुर्याएका थिए भने एकजना उनका मामाका छोरा हुन् । यसअघि परिवारका सातजना सदस्यको रिपोर्ट पनि नेगेटिभ आएको थियो अर्थात् कोरोना संक्रमण नभएको पाईएको थियो ।
Dish_Home
युवकका भाउजूको रिपोर्ट भने पोजिटिभ आएको छ, अर्थात् कोरोना संक्रमण भएको पाईएको छ । ती युवक दुबईबाट काठमाडौँ–नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए ।










