प्रधामन्त्री केपी शर्मा ओलीले आउँदो २ साता नेपालीका लागि थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् ।
सोमवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउने केही साता साह्रो/गाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिने बताए ।
'आउने २ साता हाम्रा लागि थप चुनौतीपूर्ण हुनसक्छ । यो थप संक्रमण देखिन सक्ने अवधि मात्र होइन समुदायमा संक्रमण फैलिने जोखिमको अवधि पनि हो,' प्रधानमन्त्रि ओलीले भने, 'आउने केही हप्ता केही साह्रो/गाह्रो सहँदा जीवन रक्षा गर्न सकिन्छ ।'
संकटको कालो बादल अवश्य हटेर जाने विश्वास पनि प्रधानमन्त्रि ओलीले व्यक्त गरे ।










