नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कूल संख्या ९ पुगेको छ। त्यसमा सुरुका एक जना निको भइसकेका छन् भने ८ जना अहिले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्। तीमध्ये काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २, बागलुङको धौलागिरि प्रादेशिक अस्पतालमा २ र सेती प्रादेशिक अस्पतालमा ४ जनाको उपचार भइरहेको छ।

अहिले आठै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। ‘अहिले उहाँहरू सबैलाई ज्वरो, खोकीको लक्षण हराइसकेको छ,’ प्रवक्ता देवकोटाले मंगलबार राति नेपालखबरसँग भने, ‘उहाँहरूको अवस्था सामान्य हुँदै गएको छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रवक्ता देवकोटाका अनुसार उनीहरूको अवस्था सम्बन्धित अस्पतालका चिकित्सकले दैनिक जाँच गरिरहेका छन्।

‘स्थिति, अवस्था हेरेर चिकित्सकले उहाँहरूको पटकपटक परीक्षण गर्नुहुनेछ,’ उनले भने, ‘जबसम्म रिपोर्ट नेगेटिभ आउँदैन तबसम्म उहाँहरूलाई घर पठाइन्न।’ नेपाल खबर बाट