विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई गैरसरकारी संस्थाको तर्फबाट स्वास्थ्य सामग्री प्रदान गरिएको छ । प्रदेश नं. १ मा कार्यरत गैरसरकारी संस्थाहरुले १३ लाख बढीको स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । प्रदेश १ सरकारले कोरोना संक्रमित विरामीको उपचारका लागि निर्माण गरेको अस्पतालमा आज राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले १३ लाख ३० हजार ७ सय १५ बराबरको सामाग्री उपलब्ध गराएका छन् । गैरसरकारी संस्थाहरुको प्रतिनिधित्व गर्ने सेभ द चिल्ड्रेन प्रदेश नं. १ का बरिष्ठ परियोजना प्रवन्धक हरिवोल बजगाईले स्वास्थ्य सामाग्रीहरु सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गर्नुभयो । मन्त्री घिमिरेलाई ७ लाख ७६ हजार १ सय ७३ बराबरको ३० थान वेड, ४ लाख ६४ हजार ५ सय ४२ वरारको व्यक्तिगत सुरक्षा उपकरण, ६० हजार बरावरको कार्डिक मोनिटर, ३० हजार बरारको पल्स अक्सिमिटर हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री घिमिरेले विपद्को सामाना गर्न सवैको साथ र सहयोग आवस्यक रहेको वताउनुभयो । सवैको सहकार्यमा मात्र कोरोना विरुद्ध लड्न सकिने मन्त्री घिमिरले बताउनुभयो । विपद्को समयमा प्रदेश १ मा क्रियाशिल गैरसरकारी संस्थाहरुले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । प्रदेश नं. १ मा कार्यरत लुथरन विश्व फेडेरेसन, आईपास, करुणा फाउन्डेसन, सेभ द चिल्ड्रेन, आड्रा, वन हार्ड वल्डवाईड, एनएसआई, प्लान इन्टरनेशनल, पीएसआईले कोभिड १९ उपचार केन्द्रका लागि ४५ लाख ३० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने योजना रहेको सेभ द चिल्ड्रेनका बरिष्ठ परियोजना प्रवन्धक बजगाइले जानकारी दिनुभयो ।
कोभिड १९ उपचार केन्द्रलाई गैससको सहयोग
सवाल नेपाल संवाददाताबुधबार, २५ चैत २०७६

कोभिड १९ उपचार केन्द्रलाई गैससको सहयोग
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



