झापा । गौरीगंज गाउँपालिका वडा नम्बर २ मा जनप्रतिनिधिमाथि हातपात भएको छ । विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न वडा नम्बर २ स्थित हेम्नाडांगी सतार वस्ति पुगेका वडा सदस्य अरुण कुमार राजवंशीमाथि मङ्गलवार साँझ हातपात भएको हो ।
वडा सदस्य राजवंशीमाथि हातपात गरेको आरोपमा सोही ठाउँका सोम मुर्मु र अन्य एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय गौरीगंजमा राखिएको वडा अध्यक्ष अग्नुप्रसाद राजवंशीले जानकारी दिएका छन् ।
कार्यालयले तयार पारेको लगत सङ्कलनमा विपन्न परिवारको नाम छुटाएको भन्दै वडा सदस्य राजवंशीमाथि उनीहरूले जाइलागेका थिए । वडा कार्यालयले मङ्गलवार ९७ जना विपन्न घर परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । कार्यालयले यसअघि ४ सय ५ परिवारलाई राहत वितरण गरिसकिएको वडा अध्यक्ष राजवंशीले बताए । टाइम्स अफ प्रदेश बाट










