दमक / नेकपाका नेता गगन पुरी यति बेला समाज सेवामा जुटेका छन् । उनि दमकका सार्वजनिक कार्यक्रममा सक्रिय देखिएका छन् । आज बुधबार उनले दमक नगरपालिकाले स्थापना गरेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण कोषमा खाद्य सामाग्रि प्रदान गरेका छन् ।
नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिना सहितलाई उनले राहत प्रदान गरेका हुन् । उनले स्थानीय पार्टीका नेताहरुको उपस्थितिमा ८ सय केजी चामल, ४० लिटर तेल, ४० केजि नून, र ४० केजी दाल उपलब्ध गराएका छन् ।
न्युनतम् ४० जना विपन्न परिवारलाई राहत पुग्ने गरि आफुले त्यो अनुसारको ब्यवस्था गरेको पुरीले बताए । नगर प्रमुख ओलीले दाताले ईच्छ्याएको वार्ड तथा जुन वार्डबाट सहयोग प्राप्त हुन्छ त्यहि उपलब्ध गराउने कार्यको थालनी भएको प्रतिक्रिया दिए ।











