एजेन्सी, २८ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या १६ लाख नाघेको छ । मृतक संख्या ९५ हजार नाघेको छ । तीन लाखभन्दा बढी मानिस निको भई घर फर्किएका छन् ।

पछिल्लो तथ्यांक अनुसार १६ लाख ३ हजार ४ सय ३७ कोरोना भाइरसबाट संक्रमित भएका छन् । ९५ हजार ७ सय १६ जनाको मृत्यु भएको छ । ३ लाख ५६ हजार ४ सय ४० जना निको भई घर फर्किएको तथ्यांक छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । त्यसपछि युरोपेली देशहरु अगाडि छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमित ९ जना रहेकोमा एक जना नीको भई घर फर्किइसकेका छन् ।

देश संक्रमित अमेरिका ४६८५६६ स्पेन १५३२२२ इटाली १४३६२६ जर्मनी ११८२३५ फ्रान्स ११७७४९ चीन ८१९०७ इरान ६६२२० बेलायत ६५०७७ टर्की ४२२८२ बेल्जियम २४९८३ स्वीटजरल्यान्ड २४०५१ स्रोतः वोल्डोमिटर