यो भयावह विश्वव्यापी समस्या सग जुध्न आज नेपाल सरकार, स्थानीय संघसंस्था र मनकारी व्यक्तिहरु एकैसाथ उभिएको देख्न सकिन्छ। नगर तथा गाउपालिका हरुमा संस्थागत तथा व्यक्तिगत रुपमा सहयोगहरु संकलन तथा वितरण भैरहेको छ। यसैबीच झापा दमक ४ स्थित पुर्वान्चल अंग्रेजी आवसीय मा वि ले बिपन्न विद्यार्थीहरुको छनोट गरि उनिहरुका परिवारलाई राहत वितरण गरेको छ ।

आजै विद्यालयले १६ परिवारलाई खाद्यान्न उपलब्ध गराइएको हो । वडा नम्बर ४ सँगको समन्वयमा राहत वितरण गरिएको बिद्यालय संचालक तुलसी चापागाईंले जानकारी गराउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त राहत वितरण कार्यक्रममा बोल्दै यस संकटको समयमा सबै एकढिक्का भएर लड्नुपर्ने र बिपन्न परिवारलाई सबैले सहयोग गर्नुपर्ने पुर्वान्चल आवासीय विद्यालयका निर्देशक प्रविण पाठकले सबैलाई आग्रह गर्नुभयो ।

विद्यालयले केहि बिद्यार्थीहरुको घरमै गएर राहात उपलब्ध गराइएको थियो भने धेरैजसो लाई विद्यालयमै वितरण गरिएको थियो।