काठमाडौः प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवा सिफारिस भएको छ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले १० जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो। एसएसपी धनश्याम अर्याल बढुवा सिफारिसमा पहिलो नम्वर परेका छन्।
एसएसपी प्रकाशजंग कार्की, बसन्तकुमार पन्त,इश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरजप्रताव सिंह, बसन्तकुमार लामा,रविन्द्रबहादुर धानुक,उत्तम सुवेदी र अरुण कुमार विसि बढुवा सिफारिसमा परेका हुन्। सरकारले २६ बाट डिआइजीको दरबन्दी घटाएर १४ बनाएको छ।











