काठमाडौं- दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल थप १४ अर्ब ३३ करोड ५६ लाख पुँजीगत लाभकर बुझाएको छ। ठूला करदाता कार्यालयका अनुसार एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ लाख ५२ हजार ४६ रुयैयाँ बुझाएको हो।undefined

यो सँगै उसले तिर्नुपर्ने कर चुक्ता भएको छ। एनसेलले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस अघि एनसेलले पुस १५ गते चार अर्ब पचास कोरोड, चैत १८ मा चार अर्व ६० करोड कर बुझाएको थियो। यो चुक्तासँगै २०७६ चैत २९ देखि यो प्रकरण अन्त्य भएको ठूला करदाता कार्यालयले बताएको छ।

साभार: नागरिक न्युज