दमक/ सरकारी दमक अस्पतालमा विदेशबाट आएका तथा क्वारेन्टाइनमा बसेकाहरुको कोरोना टेस्ट शुरु भएको छ । पहिलो दिन आइतवार १४ जनाको परीक्षणमा सबै नेगेटिभ देखिएको दमक नगरपालिकाकी प्रवक्ता एवं उपप्रमुख गीता अधिकारीले बताएकीछन् ।
दमक अस्पतालमा आर.डि.टि. टेस्ट किट (RDT Test Kit) द्वारा कोरोना भाइरस संक्रमणको परीक्षण कार्य शुरु गरिएको छ । १४ जनाको आर.डि.टि. टेस्ट किट परीक्षण गरिएकोमा सबै रिपोर्ट नेगेटिभ (कोरोना भाइरस संक्रमण नभएको) आएको छ, अधिकारीले भनिन् ।
विदेशबाट आएका २ जना व्यक्तिहरुको स्वाब परीक्षणका लागि बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा दुवैको रिपोर्ट नेगेटिभ आएको छ, उनले भनिन् ।
यसैबीच दमक नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक बद्रि बरालसंग कोरोना जाँच र क्वारेन्टाइन लगायतको बिषयमा गरिएको संक्षिप्त कुराकानी-
https://youtu.be/S-hFjFDBjkI









