काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सोमबार ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुको रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) बाट परीक्षण गर्दा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले जानकारी दिनुभयो । उनीहरुको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।
उहाँका अनुसार तीन जनामध्ये अपार्टमेन्टमा बसेका ८१ वर्षीय महिला र अर्का ५८ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । उनीहरु बेलायतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । अर्को एक जनाको भने पीसीआरबाट परीक्षण गर्दा सङ्क्रमण नदेखिए पनि पुनः परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । अहिले तीनै जनालाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा उपचार भइरहेको छ । सह प्रवक्ता डा अधिकारीका अनुसार उक्त अपार्टमेन्टमा बस्ने सबैको परीक्षण आजैबाट शुरु गर्ने र सङ्क्रमितहरुका नजिकका आफन्तका कन्ट्र्याक ट्रेसिङ पनि आजैबाट शुरु गरिनेछ ।
योसँगै १६ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । हिजो सोमबार दुई जनामा सङ्क्रमण देखिएको थियो । उनीहरुमा सङ्क्रमणको आशङ्का गरिएपछि प्रहरीले अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जोखिमबाट बचाउन प्रहरीले ‘सिल’ गरेको थियो ।
त्यस्तै सनसिटी अपार्टमेन्टमा बस्नेमा कोरोना संक्रमण परीक्षण सुरु भएको छ । उक्त अपार्टमेन्टमा बस्ने दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि त्यहाँ बस्ने व्यक्तिहरुमा परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको मन्त्रालयले मंगलबार फेसबुकमार्फत जानकारी दिएको छ ।
काठमाडौं प्रहरीकाअनुसार हालसम्म भित्र रहेका व्यक्तिले खाद्यान्न वा अन्य कुनै कुराको आवश्यकता भएको बारे बताएका छैनन् । तर, केही समस्या पर्न सक्ने आशंकामा कुनै गाडी छेऊमा राखेर भित्र सामान पठाउने व्यवस्था मिलाउने कुरा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुनै किसिमका अफ्ठ्यारो वा आवश्यकता परे गेटमा रहेका प्रहरीलाई सम्पर्क गर्न अपार्टमेन्टमा बसेका व्यक्तिहरुलाई भनिएको छ । हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट खटिएका प्रहरी टोलीले अपार्टमेन्टमा घेराबन्दी गरेको छ ।
प्रहरीका अनुसार उनीहरु ५ चैतमा कतार एयरवेजको फ्लाइट नम्बर ६४४ मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानमा १ सय ५३ जना यात्रु सवार थिए । यात्रुको सूची मगाएर सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी प्रहरीले गरिरहेको छ ।
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको कौसीबाट बाहिर नियालिरहेको एक परिवार । त्यहाँ कोरोना भाइरस लागेका दुई सङ्क्रमित भेटिएको पुुष्टि भएको छ । अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गरिएको छ । त्यहाँ करिब १५ सय मानिस बस्ने गरेका छन् । तस्वीर ः प्रदीपराज वन्त
काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना लागेका दुई सङ्क्रमित भेटिएको पुुष्टि । हाल उक्त अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गरिएको छ । त्यहाँ करिब १५ सय मानिस बस्ने गरेका छन् । तस्वीर ः प्रदीपराज वन्त
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा लकडाउनका बेला कौसीबाट बाहिर नियालिरहेको एक परिवार । त्यहाँ कोरोना भाइरस लागेका दुई सङ्क्रमित भेटिएको पुुष्टि भएको छ । अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गरिएको छ । त्यहाँ करीब १५ सय मानिस बस्ने गरेका छन् । । तस्वीर ः प्रदीपराज वन्त
काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना लागेका दुई सङ्क्रमित भेटिएको पुुष्टि । हाल उक्त अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गरिएको छ । त्यहाँ करिब १५ सय मानिस बस्ने गरेका छन् । तस्वीर ः प्रदीपराज वन्त
काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा त्रसितमुुद्रामा एक युवा फोनमा कुरा गर्दै । त्यहाँ कोरोना भाइरस लागेका दुई सङ्क्रमित भेटिएको पुुष्टि भएको छ । त्यहाँ करिब १५ सय मानिस बस्ने गरेका छन् । तस्वीर ः प्रदीपराज वन्त
सङ्क्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा
कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलासँग सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
सङ्क्रमित महिलाका परिवार २१ र ती महिलासँग सम्पर्कमा रहेका लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका ३१ गरी कूल ५२ जनालाई क्वारेन्टाइनमा राखिएको हो । सङ्क्रमित महिला क्वारेन्टाइनबाट घर फर्किएपछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार ५२ जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । कोरोना पुष्टि भएकी ती महिलासँगै वीरगञ्जबाट २६ जना कैलाली आएको उहाँको भनाइ छ । सङ्क्रमितको सम्पर्कमा रहेका अन्य व्यक्तिको पनि खोजी भर्ईरहेको प्रहरीको भनाइ छ ।
सङ्क्रमित महिलासँग दाङ, सुर्खेत, अर्घाखाँची, दैलेखका गरी ८ जनाको पनि पहिचान भइसकेको र उनीहरुलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राखिने प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । वीरगञ्जबाट कैलाली पुगेका २६ मध्ये २१ जना सङ्क्रमित महिलाको आफन्त रहेको उहाँले जानकारी दिनुभयो ।
कैलालीमा सङ्क्रमित महिला भेटिएसंगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ५ पुगेको छ । ती सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।









