झिलझिले, ३ वैसाख–नेपाल सरकारद्धारा जारी लकडाउनलाई पूर्णरुपले पालना गर्न र गराउन सक्रियताका साथ लागिपरेको इलाका प्रहरी कार्यालय झिलझिलेले बुधबार बिहान १४ जना भारतिय मजदुरलाई नियन्त्रणमा लिएको छ । लगातारको लकडाउनले काम नभएपछि दमकबाट मध्यरात (बिहान १ बजे) मा आफ्नो घरतर्फ जादै गरेको भारतीय मजदुरहरुलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको हो ।
झापाको दमकस्थित हरिओम कोलिनीमा घर निर्माण गर्ने मजदुरहरु बुधबार बिहान भारतर्फ जाने क्रममा झिलझिले प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धीत ठेकदारलाई जिम्मा लगाइएको छ ।इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी प्रमुख प्रनि कोमल ठाकुरका अनुसार राजमिस्त्रीको रुपमा कार्यरत १४ जना भारतीय मजदुरहरु घरतर्फ जाने क्रममा नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा पर्नेहरुमा भारत कुजबिहार दिनाटारका हरिपद बरमन (वर्ष ४०), भारत दार्जीलिङ रागापानीका भगवती बरमन (३५), रागापानीका बल्लु अधिकारी (४३), रागापानीका धिरज बरमन (२५), रागापानीका दिपक बरमन (१८), रागापानीका कार्तिक बरमन (३८), दार्जीलिङ इस्लामपुरका सुबोध सिह (२२), इस्लामपुरका हेमन्त सिंह (२०), रागापानीका सरोज सिंह (१८), रागापानीका माधव सिंह (२०), रागापानीका लखन सिंह (१९), कुजबिहारका बाबुनाथ सन्त बरमन (२५) र दार्जीलिङ रागापानीका प्रसन्तजीत सिंह (२५) का छन् ।
प्रनि ठाकुरका अनुसार नियन्त्रणमा लिईएका सवैलाई लकडाउन सम्बन्धी संचेतना र लकडाउनमा पालना गर्नुपर्ने जनाइएको छ । त्यस्तैं, उनीहरुलाई कोरोना भाइरसको संक्रमणबाट बच्न उपायहरुका बारेमा जानकारी गराइएको प्रनि ठाकुरले बताए । प्रहरीले झिलझिलेमा खाजा खुवाएर दमकस्थित ठेकेदार कम्पनीका प्रतिनिधी सर्जु धिमाललाई जिम्मा लगाइएको छ ।
यसबीच, इलाका प्रहरी कार्यालय झिलmिभले र टाफिक प्रहरी कार्यालय झिलmिभलेले लकडाउनलाई उल्लघंन गर्दै बिना काम घरबाट बाहिर निस्किनेहरुलाई कार्वाही समेत गरेको छ । अत्यावश्यक काम बाहेक घरबाट बिना काम हिडदुल गर्नेहरुलाई प्रहरीले २ घण्टा होल्ड गराएको छ ।शिबसताक्षी नगरपाकिलाको माइधारदेखी पश्चिम धरमपुर चौकसम्मको राजमार्ग र अन्य ग्रामिण क्षेत्रहरुमा समेत लकडाउनलाई उल्लघंन गर्नेहरुलाई होल्ड गराइरहेको प्रहरी निरिक्षक ठाकुरले जनाएको छ । (हेर्नुहोसः भिडियो)
https://www.hamrosarokar.com/wp-content/uploads/2020/04/video-jhiljhile_police.mp4प्रदेश आवाज बाट










