काठमाडौं । मुलुकको केही स्थानमा आज हुरीबताससहित वर्षा हुने संभावना देखिएको छ । स्थानीय तथा पश्विमी वायुको प्रभावले मौसम बदलिइरहेकाे जल तथा मौसम विभागले जनाएको छ ।

मौसम विभागले हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ । विभागका अनुसार हाल देशको पूर्वी र पश्चिमी भूभागका साथै मध्यका पहाडी भूभागमा आंशिकदेखि सामान्य रुपमा बादल लाग्ने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दिउँसो देशभर सामान्यतया बादल लाग्ने तथा मध्य र पूर्वका केही स्थान र पश्विमीका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको छ । राति देशभर आंशिकदेखि सामान्य रुपमा बादल लाग्ने छ । पहाडी भूभागका थोरै स्थान र तराईका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । ।