झापाको दमक नगरपालिका वडा नम्बर ८ मा बिगत केहि दिन देखि बाह्य अपरिचित व्यक्तिले ठेला /रिक्सामा सागसब्जी बेच्ने गरेको पाइए पश्चात उक्त वडा को लक्ष्मी मार्ग टोल बिकाश संस्थाको समितिले ठेलामा सागसब्जी बेच्न तथा अन्य अपरिचित व्यक्ति लाइ पनि अत्यावस्यक बाहेक टोल प्रवेशमा प्रबेस निषेध गरेको छ |
लक्ष्मी मार्ग टोल बिकाश समितिको मिति २०७७ बैसाख ६ गते को बैठकले उक्त निर्णय गरेको दमक वडा नम्बर निवासी भरत दाहालले जानकारी दिनुभयो |साथै सोहि वडाको आइतबारे टोल बिकाश संस्थाले पनि अत्यावस्यक बाहेक अन्य लाइ प्रबेशमा रोक लगाएको छ |










