झापा । रोटरी क्लब अफ दमक र गृल व्यवसायी विमल नेपालले आज दमकमा सुरक्षाकर्मीहरुलाई लकडाउनमा उपयोगी सामाग्रीहरू हस्तान्तरण गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि आवश्यक दुरी कायम गरेर पक्राउ गर्न मिल्ने फलामको औजार रोटरी क्लब अफ दमकले ६ थान र गृल व्यवसायी विमल नेपालले ६ थान प्रदान गरेका हुन् ।

रोटरी क्लब अफ दमकका अध्यक्ष सन्दीप चापागाईँ का अनुसार ५० थान हेण्ड सेनिटाइजर रोटरी क्लबको तर्फबाट प्रदान गरिएको छ । पक्राउ गर्न सजिलो पार्न यस्तो उपाय । सुरक्षाकर्मीलाइ रोटरी क्लब दमक र विमल नेपालको संयोग । सुरक्षाकर्मीहरु सडकमा सुरक्षामा हुनुपर्ने र हात धोइरहन समस्या हुन भएकाले गोजीमा बोक्न मिल्ने ह्याण्ड सेनिटाइजर दिएको हो, उनले भने ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लक डाउन पालना नगर्ने तथा कुनै पनि अनुसन्धान र सोधपुछका लागि पक्राउ गर्न दुरी कायम हुने गरी फलामको औजार प्रदान गरिएको पनि चापागाईँको भनाई छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पण्डित र ११ नम्बर गुल्म औद्योगिक सुरक्षा बल लखनपुरका डिएसपी अशोक शाक्यलाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।