काठमाडौँ / आज (सोमबार) मन्त्रिपरिषद् बैठक बस्दैछ । सोमबार बिहान ११ बजेका लागि नियमित मन्त्रिपरिषद बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार बैठकका एजेण्डाबारे नखुलाए पनि नियमित कामकारवाहीका अलवा कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले अख्तियार गरेको नीति, योजना र कार्यक्रमबारे छलफल हुनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेबाट नियमित लकडाउन गर्दै आएको छ । पछिल्लो समय थपिएको लकडाउन बैशाख १५ गतेसम्मलाई छ । तर आजको बैठकमा लकडाउन छोट्याउने वा लम्ब्याउने भन्ने विषयमा कुनै छलफल नहुने मन्त्रीले बताए ।

अझै एकहप्ता बाँकी रहेकाले त्यसबारे अर्को बैठकमा छलफल हुन्छ, आजको बैठकमा भइरहेका कामकारवाहीबारे नै छलफल हुनसक्छ । भइरहेका कामकारवाहीलाई कसरी प्रभावकारी बनाउने भन्ने नै मुख्य विषय हो ।

स्रोतका अनुसार आजको बैठकमा अलपत्र मजदुरहरुको उद्दारका बारेमा पनि छलफल हुनसक्छ ।