नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक (एसपी), प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस परेका छन्। मङ्गलबार बसेको बढुवा समितिको बैठकले जनपदतर्फको एसपीहरूलाई एसएसपीमा सिफारिस गरेको हो।
बढुवा सिफारिसमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुवेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार वैदवार, मुकेशकुमार सिंह र चन्द्रकुवेर खापुङ रहेका छन्।
चैतको २८ गते सरकारले १० जना एसएसपीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (डिआइजी) पदमा बढुवा गरेको थियो। त्यसअघि पनि ९ जना एसएसपीको दरबन्दी रिक्त थियो। यसरी डिआइजी बढुवा परेकासँगै गरी १९ पद रिक्त रहेको एसएसपीमा एसपीबाट बढुवा गरिएको हो।










