तरहरा (इटहरी) । कोभिड १९, कोरोना भाईरसको संक्रमणको जोखिमबाट बच्न र बचाउनका लागि सरकारले गरेको लक डाउनमा सुनसरी जिल्ला प्रशासनले सर्वसाधारणको सहजताका लागि बुधबारदेखि जिल्लामा अत्यावश्यक खाद्यन्न किनबेचका लागि हरेक दिन बिहान ७ बजेदेखि दशबजेसम्म खाद्यन्न पसल खोल्न र किनबेच गर्ने अनुमति दिएको दुईदिन बित्न नपाउदै अत्याधिक लापरवाही भएपछि जिल्ला प्रशासन र इटहरी प्रहरीले बैशाख १२ गते शुक्रबारबाट पुनः औषधी बाहेकका सबै पसलहरु बन्द गर्न कडा सूचना जारी गरेको छ ।
सामाजिक दुरी कायम नगरेको तथा संक्रमणको जोखिम झन उच्च पार्ने भीडले यस्तो निर्णय लिन वाध्य भएको, प्रशासन स्रोतले अबेर राती जानकारी दियो ।
राती दश बजे फेशबुक म्यासेन्जर मार्फत इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौंतमले आफुले पनि ढिलो गरि जानकारी प्राप्त गरेकी बताईन । आजै बिहान उनी अनुगमनका लागि नगर प्रहरीको टोलीसँगै निस्किएकी थिईन् । उपमेयरले नागरिकको सहजतका लागि लिएको निर्णयमा किनबेच गर्ने दुबै (ग्राहक र व्यापारी) जिम्मेवार र संक्रमणको जोखिम बारे सर्तक नभई चरम लापरवाही गरिएकोमा चिन्ता प्रकट गर्दै यो (सामाजिक दुरी कायम नगर्ने र भीड हुने अनि, जोखिम बारे सावधानी नअपनाउने) संकेत खतरनाक भएको बताएकी छिन् ।
तस्वीरमा : धनलक्ष्मी सपिङ्ग कम्प्लेक्स अगाडि इृटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौंतम, लाठ्ठी लिएर प्रहरी र इृटहरी उपमहानगरपालिका वडा नम्वर २० का वडा अध्यक्ष मणीराम श्रेष्ठ र नगर प्रहरी ।










