काठमाडाैं- साेमबार काेराेनाका नयाँ संक्रमित फेला नपरेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले काेराेना भाइरसका नयाँ संक्रमित फेला नपरेकाे जानकारी दिएका हुन्।

साेमबारसम्म ५३,५३४ जनाकाे आरडिटी र १०,४७१ जनाकाे पिसिआर परीक्षण गरिएकाे छ। काठमाडाैंमा ८ जना र काठमाडाैं बाहिर १०६ जना आइसाेलेसनमा रहेकाे देवकाेटाले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिलेसम्म नेपालमा काेराेना संक्रमण देखिनेको संख्या ५२ पुगेको छ। जसमध्ये १६ जना निको भइसकेका छन्।