दमक/ दमक नगरपालिका, कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिको बैठकले अत्यआवश्यकीय खाद्य सामाग्रिका पसलहरु दैनिक २ घण्टा खोल्न दिने निर्णय गरेको छ । हप्तामा दूईदिन खोल्दा झन् भिडभाड बढेको र जोखिम पैदा भएको भन्दै दैनिक १२ देखि २ बजेसम्म दैनिक उपभोग्य खाद्य सामाग्रि पसलहरु खुला रहनेछन् । यस्तो छ दमक नगरपालिका, कोरोना भाइरस‚रोकथाम तथा नियन्त्रण समन्वय समितिको सूचना

दमक नगरपालिका

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोरोना भाइरस‚रोकथाम तथा नियन्त्रण समन्वय समितिको सूचना ।।।

ड्ड भोली २०७७ साल वैसाख १७ गते देखि लकडाउन अवधिभर अत्यावश्यक बस्तु तथा सेवा आपूर्तिका लागि निम्न अनुसारको ब्यबस्था गरिएको छः

अत्यावश्यक बस्तुहरु खाद्यान्न‚ तरकारी र ग्याँस हरेक दिन दिउँसो १२।०० वजे देखी २।०० वजे सम्म दिनको २ घण्टा मात्र खरिद बिक्री गर्न पाइनेछ ।अरु समय पसल बन्द गर्नुपर्नेछ । तोकिए बाहेक अरु सामग्री बिक्री वितरण गर्ने पसल लकडाउन अवधिभर वन्द रहनेछन् ।

अत्यावश्यक दैनिक उपभोग्य बस्तुहरु बिक्री गर्ने पसलहरुले सामाजिक दुरी कायम हुने गरी उपभोक्तालाइ लाइनमा राख्ने ब्यबस्था गरेर मात्र विक्री गर्न पाइनेछ । अन्यथा विक्री गर्न पाइने छैन ।

दुधमात्र विक्री गर्ने पसलहरु दैनिक विहान ६ बजेदेखी ८ बजेसम्म २ घण्टामात्र खुल्ला गर्न पाइनेछ ।

औषधीजन्य पसलहरु साविक बमोजिम नै खुल्ला रहनेछन् ।

अत्यावश्यक कामका लागि घर वाहिर निस्किदा सामाजिक दुरी कायम हुने गरी१ जना ब्यक्ति मात्र निस्किन पाइनेछ ।

होम डेलिभरीको व्यवस्था कायमै राखिएको छ।

माथि लेखिएका कुराहरु उलङ्घन गरेमा कानुन वमोजिम कारवाही हुनेछ ।, घरभित्रै बसौः कोरोना भाइरसबाट बचौं र बचाउँ