उर्लाबारी, १६ बैशाख । उर्लाबारी नगरपालिकाको क्राईसेस म्यानेजमेन्ट सेन्टरको आज बसेको बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउन हप्ताको तीन दिनमात्र बजार खुल्ने निर्णय गरेको छ ।
नगर प्रमुख एवं सो सेन्टरका संयोजक खड्ग फागोको अध्यक्षतामा बसेको बैठकले यस अघि हप्तामा ६ दिन खुल्ने गरेका नगरका सवै क्षेत्रका दैनिक उपभोग्य सामाग्रीका पसलहरु आईतबार, मंगलबार र बिहीबार मात्र खुल्ला हुने निर्णय गरेको उपप्रमुख लक्ष्मीदेवी भण्डारीले बताउनु भएको छ ।
दैनिक उपभोग्य सामाग्रीका पसलहरु बाहेक अन्य कृषी सामाग्रीका पसलहरु भने शनिबार बाहेक सवै दिन खुल्ला हुने निर्णय समेत बैठकले गरेको नगरपालिकाले जनाएको छ ।










