इटहरीमा विहान सात वजे देखि दश वजे सम्म खाद्यान्न,तरकारी र फलफुल पसल खुल्ला गरिने भएको छ । इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले जिल्ला सुरक्षा समिति सँग वैशाख १७ देखि विहान सात वजे देखि दश वजे सम्म खादयान्न,तरकारी र फलफुलका पसल खुल्ला गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।
वडाध्यक्षहरु,प्रहरी प्रशासन,उद्योग वाणिज्य संघ र नागरिक समाज समेतको सहभागितामा भएको वैठकले विहान तीन घण्टा खुल्ला गर्ने निर्णय गरिएको हो ।सवारी साधन प्रयोग नगरि एक परिवार वाट एक जना मात्र खरिदका लागि सम्वन्धित पसल सम्म आउजाउ गनुपर्ने निर्णय भएको छ । तोकिएको समयमा खरिद विक्री गर्दा सामाजिक दुरी कायम गरे नगरेको जनप्रतिनिधि,उद्योग वाणिज्य संघ र प्रहरी प्रशासनले अनुगमन गरिने छ ।










