उर्लाबारी ,१७ बैशाख ।उर्लाबारी नगरपालिकाले गठन गरेको काेराना भाइरस नियन्त्रण राहत काेषमा नेपाल तरुण दल उर्लाबारीले आर्थिक सहयोग गरेको छ ।
नेपाल तरुण दल उर्लाबारीका सभापति राेहित कार्की र सचिब राजन रायमाझीले नगर प्रमुख खड्ग फागोलाइ ५१ हजार ५०० रुपैयाँ नगद प्रदान गर्नुभयो ।
यो सहयोग हाम्रो अन्तिम सहयोग हैन, अझै सहयोग गर्न तरुण दल जुट्ने छ, तरुण सभापति रोहितले भने, मानवीय बिपत्ति लागी पर्नु हामी सबैको दाहित्व हो ।
रोहितले लकडाउनका वाबजुद पनि तरुण दलको लागि सहयोग अभियानमा साथ दिनु हुने शुभेच्छुकहरुमा धन्यवाद प्रकट गरे।
राहत वापतकाे सहयाेग रकम लिँदै नगरप्रमुख खड्गबहादुर फागाेले हाल सम्म ४३ लाख ७६ हजार राहत काेषबाट खर्च भएको बताए ।उनले याे खर्च प्राविधिक र पुर्वाधार सहितकाे भएको जानकारी गराए। खर्च र अाम्दानी पारदर्शी भएको उल्लेख गर्दै मेयर फागाेले साँच्चिकै विपन्न र गरिव दुखीकाे पहिचानमा सहयाेग पुर्याउन अाब्हान गरे । सार्वजनिक खरिद ऐन अनुसार नै सकेसम्म मितब्ययि भएर खाध्यान्न खरिद गरेकाे फागाेकाे भनाइ छ ।
फागाेले बैंक र सहकारीमा पैसा भएका नागरिकले राहतकाे अपेक्षा नगर्न अनुराेध गरेका छन । उनले भने – संकटका बेलामा बैंककाे पैसा निकालेर घर चलाउन सकिन्छ ।
नगर प्रमुख फागाेले सबै साना दलले नगरकाे राहत काेषमा सहयाेग गरेपनि नेकपा र नेपाली कांग्रेसले हाल सम्म सहयोग नगरेकाे जिकिर गरे ।हाल सम्म नगरकाे विपद ब्यवस्थापन काेषमा १५ लाख ७ हजार ११४ रुपैयाँ जम्मा भइसकेको छ ।नगरले अाफ्नाे तर्फबाट ५० लाख रुपैयाँ विनियोजन गरेकाे थियो ।
https://youtu.be/UznlDpVa61k










