काठमाण्डौ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ ।
केहीबेर अघि सकिएको बैठकमा बैठकमा आन्तरिक विवाद, स्थायी कमिटीको बैठक र समस्या समाधान बारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
आउँदो २० गते अर्को बैठक बोलाउँदै आजको बैठक सकिएको र त्यही बैठकले स्थायी कमिटी बैठकबारे निर्णय गर्ने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बालुवाटरमा बेलुका ५ बजेदेखि बसेको नेकपाको सचिवालय बैठकले अरु खास केही निर्णय भने गरेन ।










