नवीन गुरुङ । सुनसरी- कोभिड १९, कोरोना संक्रमणले विश्वव्यापी संकट पारेको अवस्थामा यतिबेला फ्रन्ट लाईनमा स्वास्थ्यक्रमीसँगै संचारक्रमीहरु पनि देखिरहेका छन् । उच्च जोखिमको सम्भावना हुदाँहुदै पनि स्वास्थ्य सुरक्षामा उच्च ध्यान दिएर संचारक्रमीहरु रिर्पोटिङमा छन् । यो संकटको समयमा पनि राज्यलाई खबरदारी र आफ्ना पाठक, श्रोता दर्शकलाई निरन्तर समाचार, सुचना तथा जानकारी गराउने आफ्नो धर्ममा विमुख नभई लागेका सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई नेपाल सरकारले तत्काल राहत उपलव्ध गराउन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले माग गरेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनबाट संचारक्रमी र नेपाली मिडिया प्रभावित भएकाले तत्काल राहत प्याकेज घोषणा गर्न फोनिजको बिहिबार बसेको भर्जुअल बैठकले माग गरेको छ । उसले यो संकटको अवस्थामा संचारक्रमी र नेपाली मिडियाका लागि विशेष प्याकेज ल्याउन माग गर्दै संकटको यो घडीमा र यो परिस्थीति र अवस्था देखाएर आफुसँग वा आफ्ना संचार गृहमा आवाद्ध कुनै पनि पत्रकारहरुलाई निस्कासन र तलब कटौती नगर्न भनेको छ ।
त्यस्तै, प्रशासन तथा सम्बन्धित निकायलाई पनि फोनिजले सम्बन्धित संचार गृहद्धारा उपलब्ध परिचय–पत्रको आधारमा निर्वाध समाचार संकलन गर्न दिन, आग्रह गरेको छ ।
कोरोना संक्रमणको जोखिमबाट बच्न उच्च सर्तकता अपनाउन पत्रकारहरुलाई सचेतन गर्दै कोरोना संक्रमणका कारण ज्यान गुमाएका नेपालीहरु प्रति फोनिजले समवेदना र श्रद्धाञ्जली अपर्ण गरेको छ ।
फोनिजद्धारा जारी विज्ञप्ती










