काठमाडौं । रोल्पामा बिहीबार साँझ बम विस्फोट हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडानम्बर ७ स्थित गैरीगाउँ भन्ने स्थानमा बम विस्फोट भएको हो ।

बम विस्फोटबाट मृत्यु हुनेमा १४ वर्षीय लोतीराम डाँगी, ११ वर्षीया विमला खत्री, ५ वर्षीय विजय खत्री र १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाख्रा चराउन गएका बेला उनीहरुले बम फेला पारेर चलाउँदा विस्फोट भएको प्रारम्भिक जानकारी आएको उनको भनाइ छ। उनका अनुसार टु इञ्च मोटरमा प्रयोग हुने जस्तो बम विस्फोट भएको हो । एकै ठाउँमा दुई वटा रहेको र अर्को विष्फोट भएको छैन । यसबारे थप बुझ्न प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा ४ जनामात्रै रहेको र उनीहरु चारै जनाको मृत्यु हुन पुगेको हो ।

घटनाबारे प्रहरी टोली पुगेर अनुसन्धान गरेपछि थप जानकारी आउने डीएसपी गुरुङको भनाइ छ। रातो पाटि बाट