काठमाडौं। यौन जीवन कुनै पनि सम्बन्धमा ठूलो बदलाव भएर आउँछ। इमोसनका साथै जोडीबीचको सम्बन्धलाई समेत प्रभावित पार्छ। तर, यसको असर यसैमा अन्त्य हुँदैन। यौन सम्बन्ध सुरु गरेपछि युवतीहरूको शरीरमा केही परिवर्तन देखिन्छ।

हर्मोनमा परिवर्तन

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सेक्सपछि पुरुषको तुलनामा महिलाको शरीरमा अक्सिटोसिन र डोपामाइन हर्मोन उत्पादन हुन्छ। यसले महिलाको इमोसनका साथै व्यवहारमा पनि परिवर्तन आउँछ। यो असर केही समयका लागि नभएर विस्तारै विस्तारै व्यक्तित्वमा समेत असर पार्छ।

आत्मविश्वास

यौन सम्बन्धको सुरुवातपछि महिलाहरू आफ्नो शरीरलाई लिएर आत्मविश्वास पनि बढ्छ। यौनसाथीले महिलाका हरेक कुरालाई प्रेम गरेमा महिलामा बढी आत्मविश्वास पैदा हुन्छ।

स्तनको फर्म र आकार

यौन सम्बन्धपछि महिलाको स्तनको आकार बढ्न थाल्छ। यस्तो हर्मोनमा आउने परिवर्तनका कारण हुन्छ। तर, सबैमा यस्तो हुन्छ भन्ने होइन। यौन सम्बन्धका क्रममा स्तनले निश्चित आकार र स्थान लिन्छ। तर, यो क्रम सधैँका लागि नभएर यौन सम्बन्धपछि मानसिक परिवर्तन भएसँगै यो हराउँछ।

यौनीमा परिवर्तन

यौन क्रियाकलापको सुरुवातपछि महिलाले योनीमा परिवर्तन भएको महसुस गर्छन्। यौन सम्बन्धका कारण हुने बडी रियाक्सनका कारण यस्तो हुन्छ। यही कारण यौन सम्बन्धपछि योनीको आकार बढ्छ।

भावनात्मक संवेदनशील

यौन सम्बन्धको सुरुवातपछि जोडीहरूको सम्बन्धमा नयाँ सुरुवात हुन्छ र नयाँ चरणमा प्रवेश गर्छन्। यसको असर खासगरी महिलामा बढी पर्छ। किनकि महिलाका लागि यौन सम्बन्धले अलग अर्थ राख्दछ। त्यसैले यौन सम्बन्धमा प्रवेश गरेका महिलाहरू आफ्नो यौन साथीको विषयमा भावनात्मक रूपमा बढी संवेदनशील बन्छन्। मकालुखबर बाट