दमक/ झापाको दमक ३ मा कोरोना संक्रमण देखिएपछि दमकमा उच्च शर्तकता र सावधानी अपनाईएको थियो । अन्यलाई पनि संक्रमण भएको हुनसक्ने भय रहेको थियो । स्थित साबिकमा कोरोना भाईरस संक्रमण भएकोव्यक्तिको Contact History का आधारमा Contact Tracing गरी नयाँ र केही व्यक्तिहरुको पुनः गरि २५जना र लाईफलाईन अस्पताल बाट १ जना गरि जम्मा २६जनाको PCR (स्वाब) नमूना लिई परीक्षणका लागि पठाइएकोमा सबैमा Covid-19 Negative (कोरोना भाईरस संक्रमाण नदेखिएको) पुष्टी भएको छ। हेर्नुहोस प्रेसबिज्ञप्ती
१। मिति २०७७ साल बैशाख १८ गते विहान वडा नं। ३ स्थित साबिकमा कोरोना भाईरस संक्रमण भएकोव्यक्तिको Contact History का आधारमा Contact Tracing गरी नयाँ र केही व्यक्तिहरुको पुनः गरि २५जना र लाईफलाईन अस्पताल बाट १ जना गरि जम्मा २६जनाको PCR (स्वाब) नमूना लिई परीक्षणका लागि पठाइएकोमा सबैमा Covid-19 Negative (कोरोना भाईरस संक्रमाण नदेखिएको) पुष्टी भएको छ।
२। दमक नगरपालिका –४ स्थीतमानसरोवर कलेजको क्वारेन्टाईनमा ज्ञ१जनातथा वडा नं। ६ स्थित जामे मस्जिदमा १४ जनागरी जम्मा २५ जना क्वारेन्टाइनमा रहेकोमा निजहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
३। आज दमक अस्पतालको आइसोलेसनमा पुरुष १ जना र महिला २ जना गरी जम्मा ३ जना बिरामीहरु रहेका छन। निजहरुको स्वास्थ्य अवस्था सामान्य छ।
४। कुनै विशेष जानकारी गराउनुपर्ने अवस्था भएमा नगरपालिका स्वयंले नगरबासीहरुमा आधिकारिक संचार माध्यमबाट सुसुचित गराउने हुँदा निराधार तवरले सामाजिक संजाल वा अन्य कुनै माध्यमबाट सम्प्रेषण हुने सूचनाहरुमा भर नपर्न पनि हार्दिक अनुरोध गरिएको छ ।यसका साथै नेपाल सरकारले कोरोना भाइरस संक्रमण रोकथामतथा नियन्त्रणका लागि मुलुकभर लागू गरेको लकडाउन आदेशलाई सावधानी र सतर्कतापूर्वक घरमै बसी पालना गर्न, अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न, विदेशबाट आएको व्यक्ति वा परिवारले सोको जानकारी नगरपालिका वा प्रहरीलाई तत्काल गराउन सम्पूर्ण नगरबासीमा अपिल गरिएको छ ।
प्रवक्ता
गीता अधिकारी
उप प्रमुख












