काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ ।
शनिबार साढे ५ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटरमा शुरू भएको बैठक केहीबेर अघि सकिएको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले निम्न निणय गरेको छः
१. उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने ।
२. सचिवालय बैठक बैशाख २४ गते बस्ने ।
३. स्थायी कमिटी बैठक बैशाख २५ गते बस्ने ।
४. पार्टीको निर्देशनअनुसार सरकार सञ्चालन हुने ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका गल्तीहरुप्रति आत्मालोचना गरेका छन् ।
‘पार्टी वा सरकार वा सम्बन्धित क्षेत्रहरुकमा जेजति कमी कमजोरी भएका छन् ती कमी कमजोरीमा प्रधानमन्त्री एवै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्नुभएको छ’, प्रवक्ता श्रेष्ठले भने ।
बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको संकट समाधान भएपछिवरिष्ठ नेता नेपाललाई तेस्रो अध्यक्ष र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । तर आजको बैठकमा नेपालले तेस्रो अध्यक्ष बन्न अस्वीकार गरेका छन् । बैठकमा प्रधानमन्त्री ओलीले संसद अधिवेशन तयारी गरेको जानकारी गराए । बजेटबारे पार्टीमा छलफल गर्ने । आफ्ना कार्यकर्तालाई पार्टीलाई फुटउन्मुख बनाउने कुनै पनि क्रियाकलापमा सामेल नहुन बैठकले निर्देशन दिएको छ। एभरेस्ट दैनिक बाट










