केबि महरा/ काठमाडौ

सरकारले लकडाउनलाई केही खुकुलो गर्ने उद्देश्यसहित रणनीति तयार पारेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोरोना भाईरसको सम्भावित जोखिम बाट बच्न बिगत ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण सहित सरकारले यस्तो कार्ययोजना तयार पारेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको आगामी रणनीति भित्र उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो ।

जसअनुसार अब देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेँलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन मा विभाजन गरिनेछ । अलग- अलग क्षेत्र छुट्याइने आधार स्वास्थ्य सर्वेक्षण तथा बैज्ञानिक सुझाव अनुसार गरिने छ ।

हरियो क्षेत्र (ग्रीन जोन) भित्र पर्ने जिल्ला तथा क्षेत्रहरुमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला पार्न सकिने सुझाव सहितको निर्णय तयार पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

क्रमश: संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई पंहेलो क्षेत्र (एलो जोन) र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला गरिने तथा संक्रमणका हिशाबले जोखिमपुर्ण अवस्थामा रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ ।