सोमबार बेलुका दिल्ली सरकारले रक्सीमा ७० प्रतिशतको कोरोना विशेष शुल्क लागू गरेको छ ।

सोमबार देशव्यापी लकडाउनमा केही राहत दिइएपछि दिल्ली सरकारले रक्सीको पसल खोल्ने निर्णय लिएको थियो । त्यसपछि बेलुका नै कोरोना शुल्क लगाउने निर्णय गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्रोतलाई उद्धृत गर्दै पिटिआईले नयाँ मूल्य रक्सीको बोतलमा छापिएको एमआरपीमा लगाइने बताइएको छ जुन मंगलबार देखि लागू हुनेछ ।

https://twitter.com/PTI_News/status/1257364924445138951

कोरोनाभाइरसका कारण लगाइएको लकडाउनमा सरकारको निकै पैसा खर्च भइरहेको र यो कदमले सरकाले राजस्व पाउने अनुमान गरिएको छ ।

स्रोतः बीबीसी