काठमाडौं, २४ बैशाख । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमन जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमन पनि जेठ १८ गते (३१ मे)सम्म बन्द गर्ने निर्णय गरेको जानकारी गराएको छ ।
यसअघि कोरोना भाइरसको संक्रमण न्यूनीकरण तथा रोकथामका लागि सरकारले जारी लकडाउन लम्ब्याएर जेठ ५ गतेसम्मका लागि कायम राख्ने निर्णय गरेको थियो ।










