झापा,२४ बैशाख। झापाको कन्काई नगरपालिका—७ मा आज दुई जना विरामी भएका छन् । जंगलबाट टिपेर ल्याएको च्याउ मंगलवार बेलुकाको खाना संगै पकाएर खाएका ४० बर्षीया जानुका लिम्बु र २६ बर्षीय बेनु लिम्बु बिरामी भएका हुन् ।दुबै जनालाई वान्ता हुन थाले पछि उपचारको लागी बिर्तामोडस्थित बीएण्डसी अस्पताल भर्ना गरिएको छ ।
हाल उनीहरुको सोही अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको बताईएको प्रहरीले जनाएको छ ।










