नेपाली सेनाका ‘लेफ्टिनेन्ट कर्णेल’ को कारले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
सेनाका कर्णेल शिखर जबराले चलाएको बा२१च ४३४७ नम्बरको कारले ठक्कर दिँदा मोरङ बेलबारीका मोटरसाइकल चालक टिकाराज बोलालको ज्यान गएको प्रहरीले जनाएको छ ।
कालीमाटीबाट कलंकीतर्फ जाँदै गरेको मेटरसाइकललाई रविभवनमा कारले ठक्कर दिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगम कुँवरले जानकारी दिए ।
कार र चालक कर्णेललाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखी अनुसन्धान थालिएको छ । लोकान्तर बाट साभार










