काठमाडौँ । सिंहदरवार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै सिंहदरवारमा धर्ना दिन पुगेका चिनियाँ नागरिकले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो ।

काठमाडौँ प्रहरीका अनुसार झडपका क्रममा चिनियाँ नागरिकहरुले ढुंगामुढासमेत गरेका थिए । झडपमा महानगरी प्रहरी वृत्त सिंहदरवारका डिएसपी हरि बस्नेतसहित थप एक जना प्रहरी घाइते भएका छन् । बस्नेतको टाउकोमा चोट लागेको छ । केही चिनियाँ नागरिक पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

३५ जनाभन्दा बढी चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको छ । घाइतेहरुको उपचार भइरहेको प्रहरीको भनाइ छ ।

https://youtu.be/Nq-iBWDxeOY