रुपन्देहीका पहिलो कोरोना संक्रमित युवालाई डिस्चार्जको तयारी गरिएको छ । गएको शुक्रवार र सोमबारको रिर्पोट नेगेटिभ आएपछि उनलाई आजै डिस्चार्ज गरिने बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

उनलाई कोरोना देखिएपछि वैशाख १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उनी गएको वैशाख ५ गते भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ती युवा रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्ष युवा हुन । उनलाई कोरोनाको कुनै लक्षण देखिएको थिएन । रुपन्देहीमा अहिलेसम्म १७ जनामा कोरोना संक्रमित छन । अस्पतालमा रुपन्देही र कपिलवस्तुका २२ जनाको आइसोलेनसमा राखेर उपचार भइरहेको छ । अस्पतालमा एक्लै भएपनि उनी नृत्य गरेको भिडियो समेत भाइरल बनेको थियो । लोकान्तर बाट