कोभिड-१९ महामारी फैलिन नदिन सरकारले घोषणा गरेको ‘लकडाउन’ (बन्दाबन्दी) हाम्रै निम्ति हो। तपाईं एकजनामात्रै बाहिर निस्कँदा पनि ठूलो गल्ती हुनसक्छ। किनभने वैज्ञानिकहरूले भनेका छन्, आवागमन र भेटघाटलाई यथावत राख्ने हो भने कुनै एकजना व्यक्तिमा भएको कोरोना भाइरस थप ३५०० जनामा फैलिनसक्छ। सोच्नोस् त, यदि तपाईंको शरीरमा कोरोना भाइरस छन् भने तपाईं अरू ३५०० को जोखिमको कारक बन्न सक्नुहुन्छ। यदि तपाईं संक्रमित हुनुहन्न भने पनि बाहिरफेर निस्कनुहुन्छ भने जोखिमका ३५०० मध्ये एक बन्नुहुनेछ। कथंकदाचित तपाईंलाई संक्रमण भइहाल्यो भने तपाईं फेरी थप ३५००को रोगको कारक बन्न सक्नुहुन्छ। यो ३५०० भित्र अपरिचितभन्दा बढी तपाईंकै परिवारका सदस्य र आफन्त, साथीभाई पर्ने सम्भावना बढी हुन्छ। त्यसोभए किन जोखिम मोल्ने?

हो अहिलेलाई घरमै बस्नुहोस्। यही नै तपाईंले आफ्नो र सिंगो देशको लागि गर्ने सबैभन्दा ठूलो योगदान हुनेछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लकडाउनमा घरमै बसिरहँदा भने के गर्ने भन्ने अन्यौल हुनसक्छ। थोरै जुक्ति लगाउनुभयो भने यो समय तपाईंका लागि अध्ययनशील बन्ने वा अध्ययनको दायरा बढाउने मौका हुनसक्छ। तर, किताब पाउने कसरी? इन्टरनेटमै सजिलै किताब पाइने साइट यी हुन्ः

विद्यार्थीहरूका लागि डिजिटल शैक्षिक सामग्री

आजको पुस्ता नयाँ प्रविधिमा चासो राख्ने पुस्ता हो । यसैले दैनिक सिक्ने क्रममा पनि प्रविधि कै प्रयोग गर्न सकियो भने दिगो र प्रभावकारी सिकाइ हुन्छ । सिकाइमा प्रविधिको प्रयोग गर्ने हो भने सान्दर्भिक डिजिटल शैक्षिक सामग्री चाहिन्छ । कम्प्युटर मात्र दिएर हुँदैन । कक्षागत र विषयगत बालमैत्री शैक्षिक सामग्री पनि हुनुपर्छ । सबै सामग्रीहरू राष्ट्रिय पाठ्यक्रममा आधारित हुनैपर्छ । साझा शिक्षा ईपाटीले पाठ्यक्रम विकास केन्द्रसँगको सहकार्यमा यस्ता डिजिटल शैक्षिक सामग्री (ईपाठ) तयार पारेकोछ । ईपाठ प्रयोग गर्न https://pustakalaya.org/epaath/   मा जानु पर्छ । यिनमा आवश्यकता अनुसार आवाज, चित्र, एनिमेशन र अक्षरको प्रयोग भएकोछ । हालसम्म कक्षा १ देखि ८ सम्मका अङ्ग्रेजी, गणित, विज्ञान र कक्षा १ देखि ४ सम्मका नेपाली विषयका ईपाठहरू तयार भएकाछन् । हरेक ईपाठ नेपाली र अङ्ग्रेजी दुबै भाषामा तयार पारिएको छ ।

पठनसिप विकासका लागी बाल पाठमाला

बालबालिकाले जति बढी सामग्री पढ्न पाए उति नै बढी पठन सिपको विकास हुन्छ । यसको लागी तपाईलाई बाल साहित्यका पुस्तकहरू चाहिएमा http://balpaathmala.olenepal.org/ मा पाउन सक्नुहुनेछ । यहाँ अंग्रेजी र नेपाली साहित्यका सचित्र पुस्तकहरू राखिएका छन् । यहाँ बालबालिकाको सिकाइ स्तरका आधारमा पुस्तकलाई ३ स्तरमा विभाजन गरेर राखिएकोछ । यी पुस्तकको प्रयोग बाट प्रयोगकर्तालाई पुस्तकका उल्लेखित विषय वस्तुमा जानकारी हुनका साथै पठनसिप विकासमा समेत सहयोग पुग्ने आशा गरिएको छ ।

प्रारम्भिक पठन सिप विकासका लागी सामग्री

मानिसको कुनै पनि क्रियाकलापको लागी भाषा पहिलो र अनिवार्य सर्त हो । एक अर्काका विचार भावनाहरू आदान प्रदान गर्ने माध्यम नै भाषा हो । सुनाइ, बोलाइ, पढाइ र लेखाइ भाषाका सिप हुन् । उत्कृष्ठ र प्रभावकारी रूपले विचार आदान प्रदानका लागी यी चारवटै सिपको समान विकास हुनुपर्छ । सुनाइ र पढाइले व्यक्तिमा ज्ञान, सुचना लिनको लागी सहयोग पुग्छ भने बोलाइ र लेखाइले ज्ञान, विचार, भावना, अनुभव अन्यलाई बाँड्नको लागी सहयोग गर्छ । मानिसमा यी चारवटै सिपको समान विकास हुनु जरुरी छ । यी सिपको विकासका लागी आवश्यक सहयोगी सामग्री https://egr.pustakalaya.org/ मा पाउन सक्नुहुनेछ । यीनको प्रयोगबाट सुनाइ, बोलाइ, पढाइ र लेखाइ सिप विकासमा सहयोग पुग्ने अपेक्षा गरिएकोछ ।

माध्यमिक शिक्षा परिक्षा (SEE) सहयोगी सामग्री

हाल विश्वब्यापी कोरोना भाइसरको आतङ्कका कारण नेपालको माध्यमिक शिक्षा परिक्षा स्थगीत भएका कारण विद्यार्थी, अभिभावक र शिक्षकलाई विषेश चिन्ता थपेकोछ । यसैले समस्त विद्यार्थीहरूलाई घरमै प्रयोग गर्न मिल्ने गरी माध्यमिक शिक्षा परिक्षाका सहयोगी सामग्रीहरू संग्रहित रूपमा तयार पारिएको छ । जसलाई https://pustakalaya.org/ne/see-support-materials/ मा प्राप्त गर्न सकिन्छ । यसमा विषयगत रूपमा पुराना प्रश्नपत्रहरू, पुस्तक, शिक्षक निर्दे्शिका, सन्दर्भ सामग्रीहरू, अडियो तथा भिडियो सामग्री राखिएको छ । प्रयोगकर्ताहरूले ईन्टरनेट बाट सिधै वा डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुनेछ । यसको प्रयोगबाट लकडाउनको समयमा घरमै बसेर पनि विद्यार्थीहरुलाई सहयोग पुग्ने आशा गरिएकोछ । अभिभावक तथा शिक्षक साथीहरूले विद्यार्थीहरू समक्ष पु¥याउन सहयोग गर्न सक्नुहुनेछ ।

सबै वर्गको लागी ई–पुस्तकालय

समुदायमा पठन संस्कृतीको विकास गर्न सहयोग पु¥याउन ई–पुस्तकालयले सहयोग पु¥याउँछ । अझ वर्तमान लकडाउनको समयमा त यसको महत्व अझै बढेको छ । प्रयोगकर्ताले आफ्नो कम्प्युटर वा मोवाइल बाट ई–पुस्तकालय प्रयोग गर्न सक्नु हुनेछ । यसका लागी www.pustakalaya.org  ले सहयोग गर्छ । यसमा हजारौँको संख्यामा डिजिटल पुस्तक, अडियो पुस्तक, भिडियो तथा अभ्यास गर्ने सामग्रीहरू उपलव्ध गराइएका छन् । यहाँ विद्यालय, क्याम्पस, शिक्षासेवा लगायतका रोजगार मुलक परिक्षा तथा सर्वसाधारण पाठकहरूका लागी समेत उपयोगी हुने डिजिटल सामग्रीहरू पाउन सकिन्छ । यसमा सामग्री खोजेर पढ्ने, सुन्ने, हेर्ने तथा डाउनलोड गर्ने समेत सुविधा रहेको छ ।

शैक्षिक खेल कृयाकलाप को लागि 

http://games.olenepal.org/

नेपाली र अंग्रेजी साहित्यका लागि ई-पुस्तकालय

यो साइटमा नेपाली र अंग्रेजी भाषाका विभिन्न किताब उपलब्ध छन्। तर यसको मूल लक्ष नेपाली किताब नै हुन्। यो साइटमा तपाईंले नेपाली साहित्यका चर्चित पुस्तकहरू पाउन सक्नुहुन्छ। यो लिंकमा क्लिक गरेपछि किताबहरू वर्गीकरण गरिएको पेजमा सोझै पुगिन्छ। सर्च अप्सनबाट खोजेका लेखक वा किताबको नाम (नेपाली भए युनिकोडमा) टाइप गरेपछि सजिलैसँग भेटिन्छ। उक्त लिंकमा क्लिक गरेपछि त्यो पुस्तकको जानकारी विवरण आउँछ। त्यहाँ देखाइएको Read Book अप्सनमा क्लिक गरेपछि पिडिएफ रूप डाउनलोड हुन्छ।

६०८ वटा नेपाली साहित्यका, ५३० वटा नेपाली बाल साहित्यका, १४९४ वटा अंग्रेजी साहित्यका गरी ६ हजार ८४५ वटा पुस्तक समावेश यो साइटमा नेपाली साहित्यिक पत्रिकाहरू पनि उपलब्ध छन्।