काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टीका स्थायी स्थायी कमिटी सदस्य भीम रावलले भने बाहिर हल्ला गरिएजस्तो आफ्ना सुरक्षा गार्डलाई कोरोना लागेर मात्रै बैठक स्थगित नभएको जनाउनुभएको छ ।

उज्यालोसँगको कुराकानीमा रावलले आफ्ना सुरक्षा गार्ड १ महिनाअघि बिदा लिएर घर गएकोले सम्पर्कमा नरहेको बताउनुभयो । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकले बैठक बस्ने स्थल धुम्बाराहीको निरीक्षण गरेपछि बैठक बस्ने ठाउँ अयोग्य रहेको देखाएको रावलको दावी छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बालुवाटारमा बैठक बस्ने तयारी भएपनि प्रधानमन्त्रीको सचिवालय सबै स्थायी कमिटीका सदस्यको पीसीआर जाँचपछि मात्रै बैठक बस्न सकिने निष्कर्षमा पुगेकाले बैठक स्थगित भएको उहाँले बताउनुभयो ।

आफूसँग लामो समयदेखि सम्पर्कमा नरहेको गार्डकै कारण बैठक सर्यो भनेर नियोजित हल्ला चलाइएको उहाँको गुनासो छ । उज्यालो अनलाइन बाट