काठमाडौं । सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएर विदेशबाट फर्किने युवाहरुलाई भौतिक पूर्वाधार तथा विकास निर्माणका काममा लगाउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा आगामी वर्षको बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रपति भण्डारीले कोरोनाका कारण लाखौं युवाहरु वैदेशिक वेरोजगारी गुमाएर स्वदेश फर्कने संभावना रहेको भन्दै त्यी युवाहरुलाई सम्बोधन गर्न सरकारले यस्तो निति बनाएको बताइन् ।

यस्ता युवाहरुलाई स्थानीय निकायहरुसँगको साझेदारीमा कृषि क्षेत्रमा समेत आकर्षित गर्ने गरी कार्यक्रम अघि बढाइने राष्ट्रपति भण्डारीको भनाई छ ।