आर्थिक वर्ष २०७७/८८का लागि सरकारले ल्याएको नीति तथा कार्यममा नेपालीको रोग प्रतिरोधी क्षमता बढाउने योजना अघि सारिएको छ ।

संघीय संसदको दुबै सदनलाई सम्वोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निरोगी नेपाल निर्माण सरकारको मूल स्वास्थ्य नीति रहेको बताएकी छिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रकृतिमैत्री स्वच्छ जिवनयापन प्रणाली निर्माण नेपालीको रोग प्रतिरोधी क्षमता बृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गरिने सरकारको भनाइ छ । राष्ट्रपति भण्डारीले सरकारले स्वास्थ राख्न उपचारात्मक र निरोधात्मक विधी अपनाउने उल्लेख गरिन् ।

देशमा ६ सय ७१ स्थानीय तहका वडाहरुलाई पूर्ण खोप सेवा वडा घोषणा गरिएको बताउँदै आगामी बर्ष सबै वडामा सरकारले खोप सेवा पु¥याउने भएको छ ।

यस्तै भूगोल र स्थानीय तहका आधारमा हरेक स्थानीय तहमा ५ देखि १५ शैयाको अस्पताल बनाइने सरकारको नीति रहेको छ ।

प्रदेश स्तरमा रहेका जिल्ला अस्पताललाई २५ देखि ५० शैया, अञ्चल अस्पतालाई २ सय शैयाको जनरल अस्पतालको रुपमा स्तरउन्नती गर्ने लक्ष्य लिइएको छ ।

पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत विभिन्न अस्पताललाई ५ सय शैयाको अस्पतालको रुपमा विकास गरिने नीति अघि सारिएको छ ।

यस्तै अत्याधुनिक सेवा सहितको सरुवा रोग अस्पताल बनाइने नीति लिइएको छ ।

सरकारले वडा स्तरीय सेवा केन्द्रबाट ४० बर्षमाथिका नागरिकको रक्तचाप मधुमेह जाँच गर्ने, आम नागरिकलाई योग केन्द्र र ब्यायामशाला बनाउन प्रोत्साहन गर्ने योजना अघि सारेको छ ।