काठमाडौँ — आगामी आर्थिक वर्षमा सरकारले बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ ।

संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिरः रासस

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कार्यक्रम रहेको जनाएकी हुन् ।

'भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन संचालनमा आएको छ,' राष्ट्रपति भण्डारीले भनिन्, 'आगामी वर्ष बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन बिस्तार गरिनेछ ।'

यसले पेट्रोलियम पदार्थको ढुवानीमा सहजता हुने र वातावरणीय प्रदुषण पनि न्यून हुने राष्ट्रपतिको विश्वास छ ।

त्यस्तै, आगामी आर्थिक वर्षमा नै भारतको सिलिगुढीदेखि झापाको चारआलीसम्म पेट्रोलिय पाइपलाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रक्रिया अगाडि बढाइने सरकारको योजना रहेको राष्ट्रपतिले जानकारी दिइन् ।

तीन जिल्लामा पेट्रोलियम पदार्थको नयाँ भण्डारण स्थल निर्माण गरिने भएको छ । 'चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थ भण्डारणको निर्माण कार्य अगाडि बढाइनेछ,' राष्ट्रपतिले बताइन् ।

झापा र धनुषामा ग्यास बोटलिङ कार्य अगाडि बढाउने सरकारको योजना रहेको राष्ट्रपतिले जानकारी दिइन् ।

https://www.facebook.com/sawaalnepal/videos/264690564654743/