धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ५० शय्याको कोरोना अस्पताल भवनको निर्माण सम्पन्न भएको छ। कोरोना भाइरस संक्रमणका बिरामीको उपचारका लागि प्रदेश सरकारको ९४ लाखको लागतमा अस्पताल भवन निर्माणको काम सकिएको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले अस्पताल भवनको निर्माण कार्य सम्पन्न भएपनि हस्तान्तरण हुन बाँकी रहेको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला समन्वय समिति कैलालीको जग्गामा ५० शैयाको आइसोलेसन कक्षसहितको भवन निर्माणको जिम्मा किनारा कन्ट्रक्सनले पाएको थियो। कन्ट्रक्सनले निर्धारित समय एक महिनामै काम सम्पन्न गरेको भएपनि बजेट भुक्तानी दिन बाँकी रहेकाले छिट्टै ती काम सकेर हस्तान्तरण गर्ने कार्कीले बताए।

धनगढीमा कोरोना अस्पताल निर्माणको काम सकिएपनि कञ्चनपुरको महाकाली अस्पतालमा निर्माण भईरहेको प्रि–फ्याब प्रविधिकै भवनको निर्माण कार्य भने सकिएको छैन ।