खाद्यान्न ढुवानी सेवाका लागि अनुमति लिएर संचालन भइरहेका सवारी साधनमा कबाडीका सामान समेत ढुवानी हुनेगरेको पाइएको छ । झापाको दमक ५ स्थित एक गोदामबाट सामान लोड हुँदैगरेको भेटिएपछि यस्तो खुलासा भएको हो ।
ना ३ ख ५९६१ नम्बरको मालबाहक ट्रकमा संजय शाहा भनिने एक बंगालीको गोदामबाट सामान लोड गरिएको भेटिएको हो । लकडानमा खाद्यान्न ढुवानीका लागि भनेर अनुमति लिएको भएपनि दिनदहाडै खुलेआम खाद्यान्न ढुवानी सेवाको व्यानर राखेर यसरी कबाडीको गोदामबाट सामान लोड गरिनुले खाद्यान्न ढुवानीको व्यानर राखेर अन्य सबारी साधनले समेत अन्य सामानको ढुवानी गर्दै आएको हुन सक्ने देखिएको छ ।
सो ट्रकमा हरियो व्यानरमा खाद्यान्न ढुवानी सेवा भनेर लेखिएको अबस्थामै सामान धमाधम लोड गरिएको थियो । आइतबार सामान लोड गर्दागर्दै इप्रका दमकले ट्रक नियन्त्रणमा लिएको थियो । सो विषयमा इप्रका दमकका डिएसपी विजयराज पंडितसँग बुझ्दा व्यानरको दुरुपयोग गरेकाले ट्रक नियन्त्रणमा लिइएको जानकारी दिनु भयो ।
https://youtu.be/NLh_vArR10U










