विष्णुप्रसाद पोखरेल/ दमक/ झापामा मंगलवार विहान अप्रत्याशित रुपमा ९ जना कोरोना संक्रमित पुष्टि भएको समचार बाहिरिएपछि यसले जिल्लास्थित सबैको ध्यान केन्द्रित गरेको छ । लकडाउन खुकुलो भएको र झापामा जोखिम बढेको बारम्बार बताइरहदा कोरोना संक्रमितको ग्राफ ह्वात्तै बढेको छ ।

सोमबार १ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि उनको सम्पर्कमा आएका र उनिसंग भारतबाटबट आएका ३३ जनाको स्वाब परीक्षणमा ९ जनाको पोजेटिभ आएको बताईन्छ । उनी लुकछिपि नेपाल आएका थिए । मुम्बइबाट केहिदिन अघि मात्र उनि घर आएको बुझिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति झापाका सभापति सोमनाथ पोर्तेलले सिमामा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा ल्याएर क्वारेन्टाइनमा नराख्दा अवस्था खतरातर्फ उन्मुख हुँदैछ । उनिहरु लुकिछिपि आफ्नो घर आइरहेकाछन् र यसले जोखिम बढेको छ , उनले भने ।

झापामा सोमबार १ जना र मंगलवार ९ जनामा कोराना संक्रमण देखिएको कारण खोज्दा पनि यहि भएको पनि बताईएको छ । यसका साथै निर्माण ब्यवसायीहरुले समेत भारतीय कामदारहरु बोलाएर काम लगाइरहेको बताईन्छ । यसको सोधिखोजि हुन सकेको छैन ।

https://www.facebook.com/111200363764128/videos/738523166965126/