काठमाडौं : भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेर १६ मिनेटमा भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टरस्केलको भूकम्पको धक्का महसुस भएको हो। भक्तपुरसँगै काठमाडौंलगायत आसपासका जिल्लाहरुमा धक्का महसुस भएको थियो।
२०७२ सालको विनाशकारी भूकम्पको धक्का जान अहिलेसम्म छाडेको छैन्। यो भूकम्प पनि नयाँ नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको बताइएको छ।










