दार्चुला / दार्चुलाको लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेश सिंह विष्ट, दिपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउँद, दिपक साउँद र जनक सिहं साउँदलाई व्याँस गाउँपालिकाको दुम्लीङबाट प’क्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरिक्षक पदम विष्टले भने- ‘देशमा अहिले बन्दाबन्दीको समय छ । एक ठाउँबाट अर्को ठाउँ जान बन्द गरिएको छ, लकडाउनको उलंघन गर्दै उनीहरु एक पालिकाबाट लुकीछिपी अर्को पालिका प्रवेश गरेका थिए । जसले गर्दा को’रोनाको ख’तरा समेत बढने सम्भावना भएकाले नियन्त्रणमा लिनुपरेको हो ।साथै उनीहरुलाई प’क्राउ गर्नुमा सुरक्षा व्यवस्था पनि कारणको रुपमा प्रहरीले बताएको खबर छ । अन्नपुर्ण पोष्टबाट










